घरेलु मैदानमा पिएसजीकाे १६ महिनापछि पहिलाे हार

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

फ्रेन्च क्लव लिग वनमा साविक विजेता पेरीस सेन्ट जर्मेनले दोस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा पीएसजी रिम्ससँग दुई शुन्यले स्तब्ध बन्यो ।

घरेलु मैदानमा १६ महिना पछि पहिलो हार ब्यहोरेको पिएसजीले बल पोसेसन राम्रो बनाएपनि गोल गर्न सकेन । खेलको २९ औं मिनेटमा कामाराको गोलमा रिम्सले अग्रता बनाएको थियो ।

पहिलो हाफमा एकगोलको अग्रता बनाएको रिम्सले दोस्रो हाफमा अर्को गोल थप्दा पीएसजी हेरेको हेरै भयो । उसका लागि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा फोकेटको पासमा डीयाले गोल गरे ।

यो हारले पीएसजीलाई लिगमा तीन अंकको अग्रता बनाउने सुनौलो मौका गुमेको छ । उसको सात खेलमा १५ अंक छ ।