ओसासुनालाई हराउँदै रियल ला लिगाकाे शिर्ष स्थानमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

स्पेनीस ला लिगामा उपाधिको दावेदार टिम रियल मड्रिडले ओसासुनालाई हराउँदै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा रियलले घरेलु मैदानमा ओसासुनालाई दुई शुन्यले हरायो । रियलको जितमा भिनिसियस जुनीयर र रोद्रिगोले एक एक गोल गरे । सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको रियलले ३६ औं मिनेटमा अग्रता बनायो । उसका लागि टोनी क्रुसको पासमा भिनिसियस जुनीयरले गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्यो । ५७ हजार दर्शकमाझ भएको खेलमा रियलका लागि ७२ औं मिनेटमा रोद्रिगोले गोल गर्न सफल भए । त्यसपछि पनि रियलले अरु केहि मौका पाएपनि गोल थप्न सकेन । यो जितले रियलले ६ खेलमा १५ अंक बनाउँदै लिगको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट १३ अंक रहेको छ ।