फान्सका पूर्व राष्ट्रपति चिराकको निधन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
पेरिस,

फ्रान्सका पूर्व राष्ट्रपति ज्याक चिराकको बिहीबार निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनि ८६ बर्षको थिए ।

चिराक फ्रान्सको राजनीतिमा करिब तीन दशक निकै चर्चामा रहेका थिए । पेरिसको नगर प्रमुख, प्रधानमन्त्री हुँदै सन् १९९५ देखि सन् २००७ सम्म फ्रान्सको राष्ट्रप्रमुखका रूपमा उनले गरेका कामले उहाँलाई फ्रान्सेलीहरू एक कुशल राजनीतिज्ञका रूपमा चिन्ने गर्छन् ।

“राष्ट्रपति ज्याक चिराकको बिहान परिवारको काखमा स्वभाविक निधन भएको छ,” भूतपूर्व राष्ट्रपति चिराकका ज्वाँइ फ्रेडेरिक सलात बरोक्सले एएफपीलाई बताए ।

चिराकको समयमा फ्रान्सको पहलमा यूरोपमा एकल मुद्रालाई प्रचलनमा ल्याइएको थियो । उनले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो ।

एक राजनीतिक योद्धाका रूपमा फ्रान्सको राजनीतिमा छाएका चिराक सन् १९८१ र १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित हुनुभए पनि सन् १९९५ मा एलिसी दरबारको नेतृत्व लिन सफल भएका थिए भने सन् २००२ मा पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उनको निधनपछि फ्रान्सका राष्ट्रपति रिचार्डले चिराकलाई फ्रान्सको इतिहासका रूपमा स्मरण गरे। (रासस÷एएफपी)