एपीएफ टोलीद्वारा साढे १८ के.जी चाँदीसहित एक जनालाई पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २२ बाट असोज १० गते सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले साढे १८ के.जी.चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ बस्ने ३० बर्षिय भरतकुमार साह रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वाटर धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त चाँदीसहित पक्राउ गरेको हो।

ज ७ प ५७७१ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज साहलाई शंका लागि जाँच गर्दा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको एपीएफले जनाएको छ।

एपीएफ टोलीले चोरी निकासीमा साहले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरी बरामद गरिएको चाँदीसहित भन्सार कार्यालय जनकपुरमा बुझाएको छ भने पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ।

बरामद चाँदी र मोटरसाइकलको भन्सार दाखिला मूल्य १४ लाख २९ हजार ८ सय ९६ रुपैयाँ रहेको बताएको छ।