दुर्घटनामा परी भारतमा १३ को मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
जोधपुर, भारत,

भारतको राजस्थान राज्यमा शुक्रबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

जोधपुर—जैसाल्मेर राजमार्ग अन्तर्गतको सडक खण्डमा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

दुर्घटनामा मृत्यु भएकामध्ये सात जना पुरुष, पाँच जना महिला र एक जना बच्चा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि जोधपुर ल्याइएको छ ।

जोधपुर जिल्लाको धाधानीया गाउँमा बस र जिप ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ । घटनाका बारेमा थाहा पाउने वित्तिकै बालेसार प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको पनि जनाएको छ ।

“हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार बालेसारका स्थानीय बासिन्दा श्रावण सिंहले नातेदार भेट्न आफ्नो परिवारका सदस्यहरुलाई लिएर जिपमा आउँदै हुनुहुन्थ्यो, त्यही जिप दुर्घटना भएको हो,” एक प्रहरीले भने । (रासस/एएनआई)