सिंगापुरविरुद्ध ९ विकेटको सानदार जीतमा नेपालका कीर्तिमान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत घरेलु टोली सिंगापुरविरुद्ध ९ विकेटको सानदार जीत निकालेको नेपालले तीन वटा महत्वपूर्ण कीर्तिमान बनाएको छ ।

नेपाली टिमका कुल कप्तान पारस खड्काले विस्फोटक व्याटिङ गर्दै शतक बनाए । उनी टी–२० क्रिकेटमा शतक बनाउने पहिलो खेलाडीको रुपमा दर्ज भएका छन् । यस्तै यसअघि नेपाली टिमले बनाएको सर्वाधिक ठूलो साझेदारीको रेकर्ड पनि भंग गर्न कप्तान खड्का नै सफल भए ।

तर यो रेकर्डमा शरद भेषावकरसँग ८५ रनको थियो । शनिबार सिंगापुरविरुद्ध सानदार जीत दर्ता गर्दा पारसलाई आरिफ शेखले गतिलो साथ दिए । यी दुईका बीचमा १४५ रनको साझेदारी भयो ।

यो साझेदारी टी २० मा नेपालले गरेको सर्वाधिक ठूलो साझेदारी पनि हो । यस्तै विश्व क्रिकेटको इतिहासमा कप्तान खड्का र आरिफबीचको १४५ रनको साझेदारी पाँचौं ठूलो साझेदारी पनि बनेको छ ।

पहिलो स्थानमा श्रीलंकाका माहेला जयवद्र्धने र कुमार सांगाकाराबीचमा १६६ रनको साझेदारी रहेको छ । यस्तै दोस्रोमा इंग्ल्याण्डका एलेक्स हेल र रवि भोपाराको १५९ रनको साझेदारी रहेको छ ।
तेस्रोमा कुवेतका रविजा सुन्दरन र अदनान इद्रिसबीचमा १५६ रनको साझेदारी भएको थियो ।

चौथो स्थानमा वेस्टइण्डिजका क्रिस गेल र मार्लोन स्यामुयलले गरेको १५२ रनको साझेदारी रहेको छ । पाँचौं स्थानमा भने नेपालका कप्तान पारस खड्का र आरिफ शेखबीचको १४५ रनको साझेदारी रहेको छ ।