मड्रिड डर्विमा रियल बराबरीमा राेकिएपनि लिगकाे शिर्ष स्थानमा यथावत

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

स्पेनीस ला लिगा अन्तर्गत गएराति भएको मड्रिड डर्वीमा रियलले एट्लेटिकोसँग गोलरहित बराबरी खेल्दै अंक तालिकाको शिर्ष स्थानमा यथावत रहेको छ ।

यो सिजन घरेलु लिगमा अपराजित रहेको रियलले एट्लेटिकोसँग गोलरहित बराबरी खेलेको हो । त्यसो त पहिलो हाफमा दुबैटिमले केहि सुन्दर मौका पाएका थिए ।

जसमा एकपटक डिएगो कोस्टाको प्रहार पोष्टको केहि माथिबाट बाहिरीयो । यस्तै ग्यारेथ बेलले दोस्रो हाफको सुरुवातमा नै अग्रता दिलाउने मौका पाएका थिए, तर सो प्रहार क्रसबारमा लाग्न पुग्यो ।

खेलको अन्तिममा रियलका करिम बेन्जिमाको प्रहार एट्लेटिकोका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

प्रिसिजनमा एट्लेटिकोले रियललाई सात तीनले हराएको थियो । तर गएरातिको खेलमा भने एट्लेटिकोले थिबाउट कोर्टियोसलाई पुर्ण रुपमा टेष्ट गर्न सफल भएन । उनलाई ९० मिनेट खेलेपछि आफ्नो क्षमतालाई देखाउन सकेनन् ।

यो बराबरीले रियलले सात खेलमा १६ अंक बनाएको छ । उसको दोस्रो स्थानमा रहेको ग्रानाडासँगको अग्रता एक अंकमा छ । ग्रानाडाको सात खेलमा १४ अंक छ । तेस्रो स्थानमा एट्लेटिको मड्रिड रहेको छ ।