राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजा अर्चना

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

महाअष्टमीको शुभ दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा अर्चना गरेकी छिन्।

राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरिन । उनले सम्बन्धित मन्दिरका पुजारीबाट फूलप्रसाद एवं टीका ग्रहण गरिन् ।

महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवीभगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ ।

राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजा अर्चना

महाअष्टमीको शुभ दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा अर्चना

Posted by Himal Dainik on Sunday, October 6, 2019