करेन्ट लागेर एकको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
प्रतिनिधि फोटो
परासी,

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गए राति करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।