टर्कीद्वारा गरेको गोलावारीमा १० सर्वसाधारणको मृत्यु: अनुगमन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
बेरूत,

अङ्कराको सैनिक बलद्वारा उत्तरी सिरियामा भएको गोलाबारीमा शनिबार कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ ।

यससँगै विगत चार दिनमा टर्कीले सिरियाली सिमानामा गरेको हवाई आक्रमणमा परी मृत्यु हुने सर्वसाधारणको सङ्ख्या २८ पुगेको छ ।

सिरियाली अब्जरर्भेटरी फर ह्युमन राइट्सका अनुसार टर्कीको हवाई आक्रमण तथा सीमा क्षेत्रमा भएका स्थल आक्रमणहरूमा परी रस–अलऐन र ताल अब्यादमा सात जना सर्वसाधारणको मृत्यु भएको छ ।

त्यस्तै अन्य तीन जना टर्कीको पूर्वी कूर्दिस शहर कमिश्लीमा मारिएका पनि बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्थाले बताएको छ ।

सीमानाबाट टर्कीपट्टीको क्षेत्रमा पनि कम्तीमा १७ सर्वसाधारण मारिएका टर्कीले दावी गरेको छ ।(रासस÷एएफपी)