न्यूयोर्कको एक क्लबमा गोली चल्दा कम्तीमा चारको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
न्यूयोर्क,

न्यूयोर्कमा शनिबार एक क्लबमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका बताइएको छ ।

न्यूयोर्कको ब्रुकलिनस्थित क्लबमा गोली चलाएको आरोपमा यो समाचार तयार पार्दासम्म कसैलाई पक्राउ गरिएको छैन । कसैले आक्रमणको जिम्मा लिएको छैन भने आक्रमण गर्नुको उद्देश्य पनि थाहा हुन नसकेको न्यूयोर्क प्रहरीले बताएको छ ।

स्थानीय एबीसी टेलीभिजनको समाचारमा गोली चलेको स्थान रात्रिक्लब भएको उल्लेख छ । बिहानै चलेको गोलीका कारण चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुई अन्य पुरूष र एक महिला सामान्य घाइते भएका प्रत्यक्षदर्शी प्रहरीलाई उद्धृत गरी एबीसीले जनाइएको छ ।

यस पहिले आएको रिपोर्टमा चारको मृत्यु भएको र पाँच जनाभन्दा बढी घाइते भएको बताइएको थियो ।(रासस÷एएफपी)