गिरिजाप्रसाद कोइराला दीर्घकालिन सोच र दृष्टिकोण भएको नेता: पूर्व राष्ट्रपति यादव

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालको राजनीतिक परिवर्तनमा स्वर्गीय गिरिजा प्रसाद कोइरालाले खेल्नुभएको भूमिकाको स्मरण गरेका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले तत्कालिन माओवादीलाई शान्तिपूर्ण बार्तामा ल्याउनेदेखि अन्य बिषयमा स्वर्गीय कोइरालाले खेलेको भूमिका बिर्सन नसक्ने पनि बताए । उनले कोइराला राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण भएको नेता रहेको पनि धारणा राखे। नेपालको लोकतन्त्र बलियो बनाउनुका लागी स्वर्गीय कोइरालाको भूमिका पनि महत्वपूर्ण रहेको उनले बताए। शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अविष्मरणीय रहेको उनको भनाई छ ।

त्यस्तै काग्रेसका नेताहरुले गिरिजा प्रसाद कोइरालाको योगदानलाई भूल्न नहुने बताएका थिए । कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशनका राष्ट्रिय तथा अन्तराष्ट्रिय समितिका सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।