अब सबै दल मिलेर समृद्धिको बाटोमा बढ्नुपर्ने:कांग्रेस सभापति देउवा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब सबै दल मिलेर समृद्धिको बाटोमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेकपाले बडादशैं, दिपावली, नेपाल सम्वत् र छठको उपलक्ष्यमा आायोजित चियापान र शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब सबै दल मिलेर समृद्धिको बाटोमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

चियापानले सबै पार्टीलाई एक ठाउँमा ल्याउने काम गर्ने भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । चियापानमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा सभामुख र उपसभामुखमध्ये एक पद छोड्नुपर्ने बताए । उनले मुलुक विधिको शासनमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले काग्रेस लोकतान्त्रीक पद्धतीमा विश्वास गर्ने भएकाले हरेक निर्वाचनमा काग्रेसको सहभागीता हुने बताए ।