सरकारी कोष दुरुपयोगको अभियोगमा मुद्दा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक धरमपानी गाविसमा क्रियाशील ग्रामीण विकास समाजका अध्यक्षसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ग्रामीण विकास समाजका अध्यक्ष नरबहादुर गुरुङ र कोषाध्यक्ष कृष्णबहादुर गुरुङले ग्रामीण विद्युतीकरणका लागि प्राप्त भएको रु १९ लाख ४० हजार ९२६ बराबरको सरकारी अनुदान दुरुपयोग गरेको पाइएको छ । उनीहरुलाई बिगो असुल गरी कारवाहीको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।