सांसद साह तारेखमा रिहा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
जनकपुर,

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्न आदेश दिएलगतै सांसद साह रिहा भएका हुन् । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासमा साहविरुद्धको रिटमाथि थुनछेक बहस भएको थियो । रिहा भएपछि साहले अदालतको निर्णय स्वागतयोग्य रहेको बताए । उनले जनताको पक्षमा आवाज उठाइराख्ने पनि बताए ।

विमान उडानमा ढिलाइ भएको भन्दै सोमवार जनकपुर विमानस्थलको भीआईपी कक्ष र विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह म‌ंगलवार काठमाडौंबाट पक्राउ परेका थिए ।

सांसद शाह तारेखमा रिहा

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार शाह साधारण तारेखमा रिहा

Posted by Himal Dainik on Friday, October 18, 2019