वुमन्स च्याम्पियन्स लिग: क्याट क्विन्सको तेस्रो जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

वुमन्स च्याम्पियन्स लिग अन्तर्गत क्याट क्विन्स काठमाडौंले तेस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा क्याट क्विन्सले ललितपुर फाल्कोन्सलाई आठ विकेटले हरायो । जितसंघै काठमाडौं प्ले अफमा पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १०६ रनको सामान्य लक्ष्य काठमाडौंले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

वुमन्स च्याम्पियन्स लिग: क्याट क्विन्सको तेस्रो जित

वुमन्स च्याम्पियन्स लिग अन्तर्गत क्याट क्विन्स काठमाडौंले तेस्रो जित निकालेको छhttps://himaldainik.com/2019/10/20/75827/

Posted by Himal Dainik on Sunday, October 20, 2019

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो । जितसँगै काठमाडौंले ४ खेलमा ६ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा छ । ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । चितवन राइनोज यसअघि नै प्ले अफमा पुगिसकेको छ । लिगको शीर्ष टिम फाइनलमा पुग्ने छ । यस्तै दोस्रो र तेस्रो टिमले भने फाइनल प्रवेशको लागि एलिमिनेटर खेल खेल्ने छन् ।