क्यानले कार्ययोजना बनाउन समिति गठन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन समिति गठन गरेको छ ।संघको केन्द्रिय कार्यालय मुलपानीमा आइतबार बसेको कार्य समिति बैठकले संघले राष्ट्रिय र मोफसलमा सञ्चालन गर्ने प्रतियोगिताको योजना बनाउन समिति गठन गरेको हो ।

त्यस्तै संघको गतिविधि अघि बढाउन संघले प्रतियोगिता सहित प्राविधिक, मिडिया र आर्थिक समिति समेत गठन गरेको छ । प्राविधिक समितिमा सञ्जयराज सिंह, प्रतियोगितामा प्रशान्त मल्ल, सञ्चारमा अशोकनाथ प्याकुरेल र आर्थिकमा कोषाध्यक्ष समेत रहेका रोशनबहादुर सिंहलाइ संयोजक तोकिएको छ ।

प्रत्येक समितिका संयोजकले आवश्यकताका आधारमा समितमा सदस्य थप्न सक्नेछन् । त्यस्तै बैठकले क्यान निलम्बन फुकुवा गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्ने निर्णय गरेको छ । बैठकले कप्तान पारस खड्काको राजीनामाको बिषयमा कुनै निर्णय गरेन । बैठकमा पारसको बिषयमा छलफल भएपनि कुनै निर्णय नभएको सचिव अशोकनाथ प्याकुरेलले बताए ।

क्यान निलम्बन फुकुवाको भोलीपल्ट कप्तान खड्काले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।