साह र लामा ‘सि.जीसंग उत्साह उमंग थाइल्याण्ड जाउँ परिवारसंग’ स्किमको विजेता घोषित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

सि.जी कम्पनीले दशैं तिहारको अवसरमा सञ्चालन गरेको ‘सि.जी.सँग उत्साह उमंग थाइल्याण्ड जाउँ परिवारसँग’ नामक उपहार कार्यक्रम अन्तर्गत पहिलो चरणमा दुई जोडी विजेताको नाम सार्वजनिक गरेको छ।

सि.जी ब्राण्डका घरायसी इलोक्ट्रोनिक सामाग्री खरिदकर्तामध्ये कम्पनीले लक्की ड्र मार्फत सार्वजनिक गरेको दुई जना विजेतामा सुनसरी खनारका भरत साह (९८१०५२८९८६) र गोदावरीका कुमार लामा (९८६११७०२६२) लाई विजेता घोषणा गरेको चौधरी ग्रुप अन्तर्गतको सि.जी. कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भदौ २० गतेदेखि लागु भएको उक्त योजनाको असोज १६ गते सार्वजनिक गरिएको विजेताहरु साह र लामाको दुई जोडी थाइल्याण्ड घुम्न जान पाउने भाग्यशाली जोडी बन्न पुगेका छन्।

कम्पनीको अनुसार यो योजना सिमीत अवधिको लागि बाँकी रहेको र साथै अन्य धेरै आकर्षक उपहारहरु पनि बांकी रहेकोे बताइएको छ।