आसन्न उपनिर्वाचनको मनोनयन पत्र दर्ताकै समयमा कास्कीको निर्वाचन अधिकृतको कार्यालय नजिकै अज्ञात समूहले विष्फोट गराएको छ।
स्थानीय वासिन्दाका अनुसार, बिहीबार बिहान करिब १०ः४० बजे राष्ट्रबैंक चोक नजिकै विष्फोट भएको आवाज सुनिएको थियो।
उक्त स्थानमा बम जस्तै वस्तु विष्फोटनको आवाज सुनिएपनि कुनै मानविय र भौतिक क्षति नभएको स्थानीय सुरक्षाकर्मीले बताएका छन्।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ताको समय दिएको छ।