प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
तस्विर:सुदूरपश्चिम प्रदेशका नवनियुुक्त प्रमुख शर्मिलाकुमारी पन्तलाई बिहीबार प्रदेश प्रमुखको कार्यालय धनगढीमा स्वागत गर्दै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट
धनगढी

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख शर्मिलाकुमारी पन्तले आज प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गरेपछि कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै पन्तले प्रचलित कानूनअनुसार आफूले पाएको जिम्मेवारी र कर्तव्य पूरा गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन,“सबैको सहयोग प्राप्त हुनेछ ।” यसअघि उनि प्रदेश प्रमुखको कार्यालयका पुग्दा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका उपसभामुख, र सदस्य, प्रमुख सचिव र अन्य सचिव, प्रदेश प्रमुखको कार्यालयका कर्मचारीलगायतले स्वागत गरेका थिए ।