सरकार प्रवक्ताले नै सुइकारे: नेपालको दुई प्रतिशत सीमा क्षेत्र अतिक्रमण भएको छ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

सरकारले मुलुकको सार्वभौमिकताको रक्षाका विषयमा स्पष्ट रहेको भन्दै भारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्साका बारेमा कुटनीतिक र राजनैतिक रुपमा छलफल हुने जनाएको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्काटोले सार्वभौमिकताको रक्षाका विषयमा सरकार स्पष्ट रहेको भन्दैभारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने र कुटनीतिक र राजनैतिक रुपमा त्यस यस बिषयमा समाधान खोज्ने बताए ।

मन्त्री बास्कोटाले कतिपय सीमासँग सम्बिन्धत विषयहरु टुंगो लगाउन बाँकी रहेको र करिब दुई प्रतिशत ठाउँहरुमा उत्पन्न विवाद समाधानका लागि कुटनीतिक तथा राजनीतिक पहल गर्ने धारणा राखे । उनले अधिकारको रक्षा , स्वाधीनताको रक्षामा अलमलिनपर्ने अवस्था नआउने समेत बताए । त्यस्तै मन्त्री बास्कोटाले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको लागि हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन निर्णय भएको बताए । उनले मुलुक बिकासको बाटोमा अघि बढेको भन्दै भ्रम छर्ने काम कसैबाट पनि हुन नहुने उल्लेख गरे ।