बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।
यहाँ आइपुग्नुहुँदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गरे। राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन् ।