अर्थ समितिको आजको बैठक स्थगित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फोटो,
हिमाल दैनिक,
काठमाडौं,

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बिहिबारको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । बिहान ११ बजेका लागि बोलाईएको समितिको ६७ औं बैठक एक घण्टा सम्मपनि गणपुरक सांसदहरु नभएपछि आमन्त्रीतहरुलाई फर्काइएको थियो । यसअघि बोलाईएको समिति बैठक पनि कोरम नपुगेका कारण स्थगित भएको थियो ।