टी-१० : सन्दीपको टिम पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

आबुधाबी

युएईमा जारी टी-१० क्रिकेट लिगमा सन्दीप लामिछाने सम्मिलित टिम कर्नाटका टुसकेर्स पराजित भएको छ ।

आइतबार भएको आफ्नो दोस्रो खेलमा कर्नाटका बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको हो ।

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको बंगलाले ७ बल बाँकी छँदै मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो।

बंगलाको जितमा आन्द्रे फ्लेट्चरले सर्वाधिक ४० रन जोड्दा टम मोरेसले अविजित २८ रन बनाए। यस्तै रिले रोस्सोले २२ रन बनाउँदा रोबीले १३ रन जोडेर आउट भए।

कर्नाटकाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीपले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ९ रन खर्चिएर २ विकेट लिए पनि टिमलाई जिताउन सकेनन्। सन्दीपको ओभरमा  एक खेलाडी रन आउटसमेत भए।

सन्दीपले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिए । बंगालाविरुद्ध सन्दीपले आफ्नो दोस्रो ओभरमा पनि विकेट लिएका हुन्। सन्दीपले दोस्रो ओभरमा एक रन आउटसहित २ खेलाडीलाई पेभेलियन फर्काए। उनले दोस्रो ओभरमा ४ रन खर्चिए ।

सन्दीपले लगातार दोस्रो खेलमा विकेट लिएका हुन्। पहिलो खेलमा पनि सन्दीपले १ विकेट लिएका थिए। यो सँगै सन्दीपले २ खेलबाट ३ विकेट आफ्नो नाममा लेखाएका हुन्।