ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा ७ जनाको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट विराटनगरका लागि छुटेको ना ३ ख ९०८२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको को १ च ९३६३ नम्बरको एम्बुलेन्स ठोकिँदा एम्बुलेन्समा रहेका सातै जनाको ज्यान गएको हो।

दुर्घटनामा उदयपुरका त्रियुगा नगरपालिका ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई र एम्बुलेन्स चालक राजेश दनुवारको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं गरेको एम्बुलेन्स दुर्घटनामा परेको हो।