बाग्लुङ-२ (ख)मा कांग्रेसका जितबहादुर शेरचनको सुरुवाती अग्रता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
बाग्लुङ,

बाग्लुङ २ को प्रदेश सभा (ख) का लागि भएको उपनिर्वाचनका कांग्रेसका जितबहादुर शेरचनले अग्रता लिएका छन्।

शनिबार भएको मतदानको आइतबार बिहानदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार, १ हजार ८ मत गणना गर्दा कांग्रेसका उम्मेदवार शेरचनले ५ सय २५ मत ल्याएर अग्रता लिन सुरु गरेका छन्। उनलाई नेकपाको समर्थन रहेका जनमोर्चाका खिमबहादुर शाहीले ३ सय ८६ मत ल्याएर पछ्याइरहेका छन्।

उक्त प्रदेशमा समाजवादी पार्टीका अशोक विकको ७० मत रहेको छ।