तेह्रौँ साग : नेपाललाई पहिलो स्वर्ण पदक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
तस्बिर:काठमाडौँमा आयोजित १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता कराँतेको पुरूष एकल काँतामा सोमबार विजयी पछि मन्डेकाजी श्रेष्ठ
काठमाडौं,

नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् ।

सातदोबाटोस्थित कराँते हलमा आज भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । उनले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । श्रेष्ठले २५.७२ अङ्क जोडे। यता रजत पदक हात पार्नुभएका पाकिस्तानका खेलाडीले २४.९२ अङ्क जोडे ।

त्यसअघि सेमिफाइनलमा मण्डेकाजीले बङ्गलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । यससँगै मण्डेकाजीले दुई दशकपछि नेपाललाई कातामा स्वर्ण दिलाउन सफल भएका छन् । नेपालमै भएको आठौँ सागमा गङ्गाराम महर्जनले कातामा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसयता कातामा नेपाल स्वर्णविहीन हँुदै आएको थियो ।