धरानमा तिलक विजयी भएपछि शुभकामना दिन पुगे कांग्रेस नेता कार्यकर्ता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
धरान,

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अनपेक्षित नतिजा निकालेपछि सुनसरी, मोरङ जिल्लाका नेता र कार्यकर्तामा नयाँ उर्जाको प्रवाह भएजस्तै भएको छ।

शनिबार भएको उपनिर्वाचनमा कम्युनिष्ट बाहुल्यता रहेको भनिएको धरान उपमहानगरपालिकामा कांग्रेसका प्रत्यासी तिलक राईले सबैलाई चक्मा दिँदै २६ हजार ७ सय ९ मत ल्याएर विजयी भए। उनका प्रतिद्धन्दी नेकपाका प्रकाश राइको जम्मा २३ हजार ९ सय १४ मतमा सिमित भयो।

नेकपाका उम्मेदवारलाई २७ सय ९५ मतले पराजित गर्दै प्रमुख पदमा निर्वाचित भएको खबर पाउनासाथ विराटनगरमा रहेका कांग्रेस नेता शेखर कोइराला, महेश आचार्य लगायतका केन्द्रीय नेतादेखि कार्यकर्ता र शुभचिन्तक धरानमा पुगे।

सोमबार नै उनीहरुले तिलक राईलाई बधाई तथा सफलताको शुभकामना दिँदै जनताको भावना बुझेर काम गर्न सुझाव दिए।