एकै खेलमा नेपालको चार नयाँ कीर्तिमान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
तस्बिर:तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको पोखरामा सोमबार सम्पन्न उद्घाटन खेलमा विजयी बनेपछि नेपाली क्रिकेट टिमका खेलाडी ।
पोखरा,

माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिएकी छिन् । यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले जिकिर गरे ।

त्यस्तै माल्दिभ्सका नौ खेलाडी शून्य रनमै आउट भएको पनि अर्को कीर्तिमान भएको टमटाको जिकिर छ । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै पाँच बलमा जीत हासिल गर्नु पनि अर्को कीर्तिमान भएको उनको दाबी छ ।

तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्र्तगत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जीत निकालेको हो । पुरा समाचार: तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी