बंगलादेश भुटानसँग एक शुन्यले पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

साग खेलकुद अन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नै बंगलादेश भुटानसँग एक शुन्यले स्तब्ध भएको छ ।

त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको निकै रोमाञ्चक बनेको खेलमा भुटानले बंगलादेशलाई आश्चार्यजनक रुपमा पराजित गर्यो । पहिलोह हाफ गोलरहित बराबरी भएको खेलको ६४ औं मिनेटमा भुटानले खेलमा अग्रता बनायो । उसका लागि सेन्चोले गोल गर्न सफल भए ।

 

तस्बिर:तह्रौँ सागअन्तर्गत सोमबार दशरथ रङ्गशालामा भएको फुटबलखेलमा भुटान र बङ्गलादेशको खेलमा हरियो जर्सीलगाएका बङ्गलादेशका एक खेलाडी बल नियन्त्रणमा लिने प्रयास गर्दै ।

 

जसका कारण बंगलादेश एक शुन्यले पछि पर्यो । एक गोलले पछि परेको बंगलादेशले खेलमा फर्कन भुटानलाई निकै दबाव दिएको थियो । तर सफल हुन सकेन । जसका कारण बंगलादेश पराजित भयो । योसँगै भुटानले तीन अंक जोडेको छ ।