१३ औं साग पुरुष भलिबल: श्रीलंकालाई कास्य पदक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
तस्बिर:तेह्रौँ सागअन्तर्गत सोमबार दशरथ रङ्गशालाको कभड हलमा भएको श्रीलङ्का र बङ्गलादेश बीचको भलिबल खेलमा हरियो रङ्गको जर्सीलगाएका बंगलादेशका खेलाडी सटर बल प्रहार गर्दै ।
काठमाडौँ,

श्रीलंकाले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलतर्फ कास्य पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै श्रीलंकाले कास्य जितेको हो । कास्य जित्ने क्रममा श्रीलंकाले बंगलादेशलाई २३–२५,२५–२०,२५–१६ र २५–२१ ले पाखा लगायो । हारसँगै बंगलादेश चौंथो भएको छ ।

पुरुषको फाइनलमा पाकिस्तानले भारतसँग मंगलबार खेल्नेछ ।