छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु: कपिल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

भारतका चर्चित हाँस्य कलाकार कपिल शर्मा पिता बनेका छन्। आज बिहान तीन बजेर ३८ मिनेटमा उनकी श्रीमती गिन्नी चतरथले छोरीलाई जन्म दिएकी छिन्।

उनले आफु छोरीको पिता हुन पाउदा एकदम भाग्यमानि महसुस गरेको भन्दै ट्वीटरमा स्ट्याटस लेखेका छन्। उनले लेखेका छन्,” छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईंहरुको आशिर्वादको खाँचो छ । सबैजनालाई माया । जय माता दी ।’

कपिल र गिन्नी एक बर्ष अघि बिहे बन्धनमा बाँधिएका थिए।