‘छप्पक’को ट्रेलर सार्वजनिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

भारतीय अभिनेत्री दिपिका पादुकोणको नयाँ फिल्म ‘छप्पक’को ट्रेलर आज सार्वजनिक भएको छ।

मेघना गुल्जारद्वारा निर्देशित छप्पकमा सत्य कथामा आधारित चलचित्र हो। यस चलचित्र एसिड आक्रमणबाट बाचेकी एक युवती लक्ष्मी अग्रवालको जीवनमा आधारित छ।

सन् २००५ मा लक्ष्मी माथि ३२ बर्षिय युबकले उनिमाथि एसिड छ्यापेका थिए। त्यस समय उनि मात्र १५ बर्ष कि थिइन्। १५ बर्षको उमेरमा एक युवतीमाथि एसिड प्रहर गर्दाको क्षण र त्यसपछि उनको जीवनको यात्रालाई देखाउन खोजिएको निर्देशक गुल्जार बताँउछिन्।

ट्रेलरमा दिपिका उनी लक्ष्मी अर्थात् मालतीको किरदारमा देखिएकी छिन्। यस ट्रेलरमा एसिड आक्रमणपछि मालतीको जीवनमा आएको बदलाव र एसिड बिक्रि वितरणमा रोक गर्नुपर्ने माग लिएर अघि हिडेकी एक युवतीको कथालाई देखिएको छ।फिल्म जनवरी १०,२०२० मा रिलिज हुनेछ।

केहि समय अगाडी फिल्म शुट गर्दै गर्दा दिपिकाले आफु मालितीको किरदारमा रहेको एक फोटो सार्वजनिक गरेकी थिइन्।