चलचित्र बोर्डका केशब भट्टराईको निधन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

नेपाल चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राती करिब साढे १० बजे ओम अस्पतालमा भट्टराईको निधन भएको हो।

राती स्वास्थ्यमा केहि समस्या देखिएपछि उनलाई चाबिल स्थित ओम अस्पतालमा लागिएको थियो। अस्पतालले उनलाई पुराए लगतै मृतक घोषणा गरेको थियो। ५४ वर्षिय भट्टराई हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ।

५४ वर्षिय भट्टराई आठ महिना अघि मात्र चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। उनले थुप्रै फिल्म तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै उनले आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ जस्ता चलचित्रहरु निर्माण गरेका छन्