घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको अभियोगमा पूर्वाधार विकास कार्यालय प्रदेश नं ३ ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ ।

आयोगका अनुसार लेखा अधिकृत विष्णुहरि पुडासैनीले निर्माण व्यवसायीसँग रु २२ हजार घुस माग्दै गर्दा पक्राउ गरिएको हो । पुडासैनीले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले ललितपुर महानगरपालिका २३ एकान्तकुनाबाट पक्राउ गरेको हो ।
आयोगले पुडासैनीलाई यही पुस २५ गते पक्राउ गरेको भएपनि थप अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । पुडासैनीलाई आज आयोगले सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी पुडासैनीमाथि छानबिन जारी छ ।