बंगलादेशमा अध्ययनरत विद्यार्थीद्वारा दिलीप महतोको हत्यारामाथि कारबाहीको माग

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
बंगलादेश,

धनुषाको मिथिला नगरपालिकामा अनाधिकृत रुपमा नदी उत्खनन् गरी गिट्टी, बालुवा चोरी निकासी गर्ने कार्यको विरोधमा उत्रिएका स्थानीय युवक दिलीप महतोको हत्यामा संलग्न दोषीमाथि कानून बमोजिम कडा दण्ड सजाय दिन बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले सरकारसँग माग गरेका छन्।

बंगलादेशमा अध्ययनरत विद्याथीहरुको संस्था ‘नेप्लीज स्टुडेन्ट्स एसोशिएशन बंगलादेश’का महासचिव दिपक चौधरीले जारी गरेको विज्ञप्तिमा भारतको भोपालमा इन्जिनियरिङ विषयमा अन्तिम वर्षको अध्ययन गरिरहेका महतोले मिथिला नगरपालिकास्थित आफ्नो घर नजिकको खोलामा भएको अवैध गिट्टी, बालुवा निकासीको पहिलेदेखि विरोध गर्दैआएको बताएका छन्।

तराई, मधेसको जलवायु संरक्षणको दृष्टिकोणले नदी दोहन कार्यको विरोधमा उभिँदै आएका महतोलाई अवैध चोरी निकासीमा संलग्न व्यक्तिहरुले विगतदेखि नै ज्यान मार्ने धम्की दिँदैआएकोमा पुस २५ गते रडले घोचेर, घाँटी र दाहिने कोखमा हानेर हत्या गरिएको आरोप एनएसविका महासचिव चौधरीले लगाएका छन्।

साथै उनले महतोलाई वातावरण शहिद घोषणा गरी पीडितकोे परिवारलाई उचित राहत तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग पनि गरेका छन्।