वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं

कार दुर्घटनामा परेका गायक निशान भट्टराईको निधन भएको छ।  गए राति काठमाडौंको दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट घर फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो।

दुर्घटनापछि गम्भीर अवस्थाका  भट्टराई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।