‘ए’ डिभिजन लिगमा छैटौं चरणका खेलहरु सकिंदै: आज आर्मी र संकटा भिड्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबारबाट छैटौं चरणका खेलहरु सकिंदैछन्।

छैटौं चरणको अन्तिम खेलमा आज त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्नेछन् । यो खेल जितेको खण्डमा आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

लिगमा हाल १३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको आर्मी क्लब १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

आज संकटाविरुद्ध जित निकाल्न सके आर्मी क्लबले मच्छिन्द्रसँग दुई अंकको अग्रता लिंदै शीर्ष स्थानमा पकड जमाउनेछ।

ए डिभिजन लिगमा हिजो न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई १-० ले हराउँदा च्यासल युथ क्लबले सशस्त्र प्रहरीको एपिएफ टिमसँग गोलरहित बराबरी खेलेका थिए।