पीएसजीसंग मार्किन्होसको सम्झौता थप

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

ब्राजिलियन स्टार मार्किन्होसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसंगको सम्झौता थप गरेका छन् ।

पीएसजीका डिफेन्डर मार्किन्होसले क्लबसंग साढे चार बर्षको नयाँ सम्झौता गरेका हुन् ।

सम्झौतासंगै उनी सन् २०२४ सम्म क्लबमै रहनेछन् । उनले साविकको सम्झौतामा साढे २ बर्ष समय थप गरेका हुन् ।

मार्किन्होस क्लबका उप कप्तान हुन् । ब्राजिलियन टिमका कप्तान रहेका थिएगो सिल्भासंगै उनी खेल्ने गर्छन् ।

सन् २०१३ मा मार्किन्होस ईटालियन क्लब रोमाबाट पीएसजी आएका थिए । उनले पीएसजीलाई पाँच पटक लिग वानको उपाधि जिताउन सहयोग गरेका थिए ।

क्लबले बिज्ञप्ती जारी गर्दै मार्किन्होससंगको सम्झौता नविकरण भएको जनाएको छ । साथै पीएसजीले उनलाई क्लब ईतिहासकै सफल खेलाडीको रुपमा चित्रण गरेको छ ।

मार्किन्होसले भनेका छन्, ‘पेरिस र पीएसजीले मलाई यही बस्न आग्रह गरेका छन् । र मेरो सम्झौता लम्ब्याएका छन् ।’

‘यो लक्ष्य बोकेको क्लब हो । अझै महान काम गर्नुछ । फुटबल र क्लबको ईतिहास कोर्नुछ ।’ उनले थपे ।

मार्किन्होसले चार कोपा डी फ्रान्स उपाधि जितेका थिए । यस्तै पाँच लिग उपाधि हात पारेका थिए । क्लबकालागि उनले २ सय ७० खेल खेल्दै २० गोल गर्नुका साथै ७ गोलका लागि अवसर समेत सिर्जना गरेका थिए ।

सिजनको अन्त्यसंगै सिल्भा ३५ बर्षको लाग्नेछन् । मार्किन्होसले कप्तानको रुपमा सिल्भाको स्थान लिन सक्ने अपेक्षा गरिएको छ ।