राजकुमारी एस्ट्रिड र उपप्रधानमन्त्री पोखरेलबीच भेटघाट

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

सातदिने नेपाल भ्रमणमा रहेकी बेल्जियमका राजकुमारी एस्ट्रिडले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेकी छिन् ।

सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा राजकुमारी एस्ट्रिडले नेपालको ऐतिहासिक क्षेत्रको प्रसंसा गरेकी थिइन् । त्यस्तै रक्षामन्त्री पोखरेलले भिजिट २०२० का बारेमा जानकारी गराएका थिए।

राजकुमारी अस्ट्रिडलाई पोखरेलले मायाको चिनो हस्तान्तरण गरेका थिए । प्रतिनिधिमण्डलमा बेल्जियमका राजदूत एवं सल्लाहकार जान माथिसेन, सञ्चार तथा कोष वृद्धि प्रमुख इल्से इरिगर्स, निजी सचिव जिन यिभ्स बर्लिमोन्ट, डेमियन फाउन्डेशनका डा जिन पिरेरे बारोन स्किनकेलर्स लगाएत थिए ।