एमसिसीका केही प्रावधान परिमार्जनगरी पारित हुन्छ: गृहमन्त्री थापा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
सुर्खेत,

गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन ९एमसिसी०का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उहाँले एमसिसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताउनुभयो ।

एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उहाँले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले शान्ति र स्थायित्व विना मुलुकमा विकास सम्भव नभएको बताउनुभयो । उहाँले सरकारले अपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिनुभयो ।

पछिल्लो समयमा निर्यात बढेको बताउनुभएका गृहमन्त्री थापाले अब सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि निर्वाध अघि बढाएको बताउनुभयो । सरकारले गरेको लगानी सम्मेलन र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि लाभदायक भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूलप्रवाहमा ल्याउने काम जारी नै रहेको जानकारी दिनुभयो । रासस