गायिका आस्थालाई चार दिन हिरासतमा राखिने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
तस्बिर: रेव महर्जन
हिमाल दैनिक,
काठमाडौँ,

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई हिरासतमै राख्न अनुमति दिएका हुन् । प्रहरीले गायिका राउतलाई सात दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

गायिका आस्थालाई चार दिन हिरासतमा राखिने

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ ।https://himaldainik.com/2020/01/27/82084/

Posted by Himal Dainik on Monday, January 27, 2020

आस्थाले १ माघमा भद्रपुर विमानस्थलमा महिला प्रहरीले आफूलाई दुव्र्यहार गरेको भन्दैं फेसबूक लाइभमार्फत प्रहरीविरुद्ध आक्रोश पोखेकी थिइन् । आस्थाको सार्वजनिक आक्रोशले आफूमाथि चोट पुगेको भन्दै प्रहरी रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । आस्था आइतबार आफैं अभिभावकका साथ महानगरीय प्रहरी परिसर पुगेकी थिइन् ।