अमेरिकाकालाई ५.२ बलमै ८ विकेटले पराजित गर्दै नेपालले रच्यो नयाँ विश्व कीर्तिमान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
हिमाल दैनिक
काठमाडौं,

नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै पाएको ३६ रनको लक्ष्य ३२ बलमै पार गरेर नेपालले विश्व कीर्तिमानको नयाँ जित निकालेको छ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटियो।

अमेरिकाले दिएको झिनो लक्ष्य हाँसिल गर्न मैदानमा उत्रिएको नेपाली टिमले २ विकेट गुमाएर ५.२ बलमै पारगर्दै अमेरिकालाई ८ विकेटले हराएको छ।

नेपालका लागि पारस खड्काले १२ बलको सामना गर्दै ३ चौका र एक छक्का हान्दै २० रनमा अविजित रहे भने दिपेन्द्र ऐरीले ११ बलमा दुर्ई चौका र एक छक्का हानेर १५ रनको योगदान दिए।

यसअघि ज्ञानेन्द्र मल्ल एक रन र सुवास खकुरेल शून्यमा आउट भएका थिए।

यो ओडीआईको सर्वाधिक कम योगफल हो मात्र होइन यति सानो लक्ष्य र यति छोटा समयको खेल नै यो पहिलो हो। यसअघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनरद्वय सन्दीप लामिछाने र सुसन भारीले सबै १० विकेट लिए।

सन्दीपले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए। यो उनको करिअरकै उच्च प्रर्दशन हो।

नेपालबाट ओडीआई क्रिकेटमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडीसमेत बनेका छन्। यसअघि युएईविरूद्ध सोमपाल कामीले ५ विकेट लिएका थिए।
यस्तै सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए।

करन केसीले पहिलो ओभरमा मेडन ओभर फालेपछि दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शून्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए।

होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिदै शून्यमा पेभिलिएनको बाटो देखाएका थिए।

सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे । सुशनले आफ्नो पहिलो बलमै मार्शललाई फस्ट स्लिपमा रहेका पारसबाट १६ रनमा क्याच गराए। सुशनले सातौं ओभरको पहिलो बलमा मार्शललाई आउट गरेका थिए ।

आठौं ओभरको दोस्रो बलमा सन्दीपले मोनन्क पटेललाई ४ रनमा बोल्ड आउट गरे। सन्दीपले यसै ओभरको पाँचौ बलमा निसरग पटेललाई २ रनमा बोल्ड आउट गरेपछि अमेरिका संकटमा परेको हो।

नवौं ओभरको तेस्रो बलमा सुशनले आरोन जोन्सलाई ४ रनम बोल्ड आउट गरे । सन्दीपले १० औं ओभरको अन्तिम बलमा तिमिल पटेललाई १ रनमा एलबिडब्लू आउट गरे।

११ औं ओभरको पहिलो बलमै सुशनले क्यामरन स्टिभेन्सनलाई १ रनमा बोल्ड आउट गरे। भारीले अन्तिम बलमा रस्टी थेरनलाई शुन्यमा एलबी डब्यू आउट गरे।

सन्दीपले १२ औं ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसबाट ४ रनमा क्याच गराउँदै व्यक्तिगत पाँचौ विकेट पुरा गरे। यसै ओभरको अन्तिम बलमा केन्जिगेलाई शून्यमा आउट गर्दै सन्दीपले करियरमै पहिलो पटक ६ विकेट लिए।