नेकपा सांसदद्वारा यति ‘होल्डिङ’बारे श्वेतपत्रको माग

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेकपा सांसद बिन्दा पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी कोही नछुट्ने र कोही निर्दोष नपर्ने गरी न्यायिक निरुपण गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद पाण्डेले नेपाल एयरलाइन्सको ‘वाइड बडी’ खरिद, तारागाउँको सरकारी जग्गा दुरुपयोग र नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको तत्काल अनुसन्धान गर्न आग्रह गरेकी हुन् । यति ‘होल्डिङ’को जग्गा विवाद प्रकरणमा श्वेतपत्र जारी गरी यथार्थ जानकारी गराउन माग गरिन् ।

नेकपाका विशाल भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरण ढिलै भए पनि अदालतमा पुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई धन्यवाद दिए । उक्त जग्गा प्रकरणमा संलग्न दोषीमाथि अदालत र अख्तियारले कडभन्दा कडा कारवाही गरोस् भन्दै उनले देशभरका अतिक्रमणमा परेका सार्वजनिक जग्गा खोज्न उच्चस्तरीय आयोग बनाउन माग गरे।

प्रतिनिधि सभा २०७६ माघ २९

प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रशारण भईराखेको छ।पाँचौं अधिवेशन(बैठक संख्या – १२)आजको कार्यसूची प्रतिवेदन पेश१ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका मा० सभापति श्री पूर्ण कुमारी सुवेदीले “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गरिन् ।व्यवस्थापन कार्य२ गृह मन्त्री रामबहादुर थापाले:(क) “कारागार विधेयक, २०७६” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने ।(ख) “कारागार विधेयक, २०७६” पेश गर्ने ।३ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले:(क) “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको पारमाणविक विधये क, २०७६ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।(ख) “रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।

Posted by Himal Dainik on Tuesday, February 11, 2020

नेकपा सांसद शशी श्रेष्ठले महिलामाथि भइरहेको हिंसाको अन्त्य गरी समातामूलक भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रिय महिला आयोगको पदाधिकारी रिक्त रहेको भन्दै तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराईन । अधिकांश संवैधानिक आयोगमा पदाधिकारी रिक्त रहेको भन्दै उनले तत्काल पदाधिकारी नियुक्त गरी आयोगका कामकारबाहीलाई प्रभावकारी बनाउन आग्रह गरिन् ।

नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले नागरिकलाई सिंहदरबार प्रवेशमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराईन । उनले नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाधरुपमा सिंहदरबार प्रवेश दिलाउन माग गरिन् ।

नेकपा सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरस फैलिएको भन्ने हल्लामा कुनै सत्यता नभएको र त्यस्ता अफवाहको प्रतिवाद गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे । नेकपा सांसद विष्णु शर्माले छाउगोठ भत्काएर मात्रै कुसंस्कार नहट्ने भन्दै सम्बन्धित क्षेत्रमा चेतना फैलाउन सरकारको ध्यानाकर्षण गराए ।