रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

प्रतिनिधिसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिएका थिए।

छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न अत्यन्त जरुरी भएकाले उक्त ऐन ल्याइएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन २ गते अपराह्न २ः०० बजे बस्नेछ ।