दादुरा र रुबेलाविरुद्धको खोप अभियान बिहीबारबाट सुरु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

९ महिनादेखि ५ वर्षमुनिका झण्डै ३० लाख बालबालिकालाई दिइने दादुरा र रुबेलाविरुद्धको खोप अभियान बिहीबारबाट सुरु भएको छ । स्वास्थ्यमन्त्रालय, परिवार कल्याण महाशाखाले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यराज्यमन्त्री नवराज रावतले स्वास्थ्य स्वयंसेविकालाई खोप हस्तान्तरण गरि अभियानको शुभारम्भ गरेका हुन् ।

पहिलो चरणमा फागुन ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको परिवार कल्याण महाशाखाले जनाएको छ । पहिलो चरणमा फागुन महिनाभर प्रदेश १,२ र ५ का ३४ जिल्लामा र दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैत महिनाभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ ।

यस्तै तराईका १९ जिल्लाहरुमा जन्मेदेखि ५ वर्ष मुलिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने महाशाखाले जनाएको छ । खोप अभियानको शुभारम्भ गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले खोप अभियान लक्षित वर्गसमष पुराउन नसकने सफल नहुने बताए ।

सरकारी योजना अनुसार दादुर र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिइदै छ । दुई चरणमा गरी देशभरका ३० लाख बालबालिकामा यो खोप दिइने बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

यस्तै जन्मेदेखि ५ वर्ष मुनिका १५ लाख बालबालिकालाई पोलियो खोप दिइदै छ । खोप अभियानमा ९ हजार स्वास्थ्यकर्मी, १ लाख स्वायंसेवक परिचालन हुने छन् । सरकारले खोप अभियानका लागि ४९ हजार खोप केन्द्र स्थापना गर्ने र करिव एक लाख स्वयंसेवक परिचालन गरको जनाएको छ ।