साताको अन्तिम दिन नेप्से घट्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं,

साताको अन्तिम दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३९ अंकले घटेर एक हजार ३४४.५९ मा पुुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४.२४ मा रोकिएको छ । स्टकका अनुसार कूल १७२ कमपनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १२ मध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.९४ अंकले घट्दा होटल ३१.४३, विकास बैंक ८.६२, जलविद्युत् ३.४७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अंकले ओरालो लागेको छ । व्यापार २३.८९ अंकले बढ्दा वित्त ०.१८, निर्जीवन बीमा ५५.९२, उत्पादन ३८.६६, अन्य ०.२४, लघुवित्त २९.५४ र जीवन बीमा उपसमूहको शेयर १०२.७४ मा खरिदबिक्री भयो ।

कारोवार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड ४६ लाख ६४१ मा खरिदबिक्री भयो । शिवम् सिमेन्टको रु नौ करोड ७५ लाख ३४ हजार ३८८, एसियन लाइफ इन्स्योरेन्सको रु छ करोड ५१ लख ८२ हजार ७७६, नागरिक लगानी कोषको रु ५ करोड ८२ लाख ४८ हजार २७६, एनआइसी एसियाको रु पाँच करोड एक लाख ३६ हजार ३४८ र नेपाल इस्योरेन्स कम्पनीको शेयर रु चार करोड ८८ लाख ५२९ मा खरिदबिक्री भयो ।

परिसूचक घटेपनि हिमालयन डिष्टिलरीका शेयरधनीले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ८.९३, राधी विद्युत् कम्पनी ७.४८, एनएलजी इन्स्योरेन्स ६.४०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ५.६२ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.५२ प्रतिशतले कमाए ।

नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा बढी ५.१० प्रतिशतले गुमाए । यस्तै ओरियन्टल होटल ४.९२, कालिका पावर कम्पनी ४.६७, ग्रीन डेभलपमेन्ट बैंक ४.१६, लक्ष्मी इक्विटी फण्ड ३.७२, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ३.४४ प्रतिशतले गुमाए ।