तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन देशका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष आयरल्याण्ड, आइसल्याण्ड र आर्मेनियाका गैआवासीय राजदूत क्रमशः ब्रेन्डान वार्ड, गुडमन्डुर अर्नि स्टेफान्सन र आर्मेन मार्टिरोस्यानले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।