कांग्रेस सांसद उपाध्यायको निधनले संसदमा प्रधानमन्त्रीको सम्बोधन प्रभावित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

सरकारको नेतृत्व लिएको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा गर्ने भनिएको सम्बोधन प्रभावित हुने भएको छ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि प्रधानमन्त्रीले आज अपरान्ह २ बजेका लागि गर्ने भनिएको सम्बोधन नहुने अवस्था आएको हो।

कांग्रेस सांसद उपाध्यायलाई क्यान्सर रोग लागेपछि भरतपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको आजैमात्र उनको निधन भएको थियो। त्यस लगत्तै कांग्रेस संसदीय दलले उपाध्यायको निधनबारे संसदको दुबै सदनलाई पत्र लेखि जानकारी पठाएको छ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालका अनुसार, उपाध्यायको निधनको विषयमा संसद सचिवालय र सभामुखलाई जानकारी गराइसकिएको छ।

यसअघि पूर्व सांसदहरुको निधनमा संसदले नियमित कारबाही सकेर बैठकको अन्तिममा शोक प्रस्ताव पारित गर्दै आएकोमा हाल सदनमा रहेका सांसदको निधनमा पारित गरिने शोक प्रस्तावपछि कुनै पनि कारबाही अघि नबढ्ने प्रावधान र अभ्यास रहेको छ।

जसले गर्दा आजको प्रतिनिधि सभा बैठकमा सभामुखले उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्ने र त्यसपछि अन्य कारबाही स्थगित हुनसक्ने जानकारी भुसालले दिइन्।

प्रतिनिधि सभा २०७६ फागुन २

कांग्रेस सांसद उपाध्यायको निधनले संसदमा प्रधानमन्त्रीको सम्बोधन प्रभावितसरकारको नेतृत्व लिएको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा गर्ने भनिएको सम्बोधन प्रभावितhttps://himaldainik.com/2020/02/14/83313/प्रतिनिधि सभा प्रत्यक्ष प्रशारण भईराखेको छ।पाँचौं अधिवेशन (बैठक संख्या – १३)

Posted by Himal Dainik on Friday, February 14, 2020