सर्वोच्चको अख्तियारलाई प्रश्न: नेपाल र भट्टराईलाई उन्मुक्ति किन?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधव कुमार नेपाललाई उन्मुक्ति दिएको बिषयमा परेको रिट माथिको सुनुवाईमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अख्तियारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

  यो पनि पढ्नु होस्:
ललिता निवास प्रकरणमा नेपाल र भट्टरार्ईविरुद्धको रिटमाथि प्रधानन्यायाधीश जबराको
इजलासमा सुनुवाई हुँदै।

माघ २१ गते अख्तियारले प्रधानमन्त्री र मुख्यसचिवलाई नीतिगत निर्णयको आवरणमा उन्मुक्ति दिदै ३ मन्त्रीसहित १ सय ७५ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

यसरी नेपाल र भट्टराई प्रधानमन्त्री भएको बेलामा नीतिगत निर्णयमात्र गरेको भन्दै उनीहरु विरुद्ध कुनै मुद्दा चलाउन नमिल्ने भन्दै बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यस समन्धि अन्य समाचार:
१.ललिता निवास प्रकरणमा मुछिएका न्यायाधीशद्वारा सर्वोच्चमा रिट।
२.पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाउन 
   माग गर्दै सर्वोच्चमा रिट।
३.बालुवाटार जग्गा प्रकरणमा अख्तियार दबाबमा परेको स्पष्ट देखियो: सभापति देउवा।